डा.सिके राउतसँग अर्थमन्त्री यादवको विद्रोहः मुख्यमन्त्रीलाई जनमत पार्टीको समर्थन अझै कायम रहेको दाबी

२०८३ बैशाख २२ मंगलबार
बिहान ०९:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीले वर्तमान मधेश सरकारसँग समर्थन फिर्ता लिएको घोषणा गरेपनि सँसदीय दलका नेता समेत रहेका अर्थमन्त्री महेश प्रसाद यादवले समर्थन कायम राखेका छन् । 

जनमत पार्टीले नेपाली काँग्रेसका कृष्णा यादव नेतृत्वको सरकारलाई दिएको समर्थन सोमबार नै फिर्ता लिएको घोषणा गरेपनि नेता यादवले भने समर्थन कायम राखेको जनाएको छ । 

प्रदेश प्रमुखलाई एक पत्र लेख्दै अर्थमन्त्री यादवले आफ्नो बिना जानकारी र कुनै बैठक नै नगरी समर्थन फिर्ता लिएको बारे आफूलाई थाहा नभएको भन्दै जनमत पार्टीबाट समर्थन कायमै रहेको प्रष्ट्याएका छन् । 

उनले आफू पार्टीको संसदीय दलको नेता रहेको जनाउँदै वर्तमान मुख्मन्त्री कृष्णा यादवसँग समर्थन रहेको जनाएको छ । पार्टीका अध्यक्ष डा. राउतले अधिकारिक सचिवालय मार्फत जनमतले समर्थन फिर्ता लिएको जनाएको थियो । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र

  • २०८३ बैशाख २२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम

पूरा पढ्नुहोस्

Bureau Menus