न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टी ले मधेश प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तन गरेको छ। दलका नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाउँदै चन्दनकुमार सिंहलाई नयाँ नेता बनाइएको हो।
पार्टी अध्यक्ष सीके राउत ले सोमबार जारी गरेको विज्ञप्तिमार्फत् उक्त निर्णय सार्वजनिक गरेका हुन्। विज्ञप्तिमा आजैदेखि लागू हुने गरी सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी तोकिएको उल्लेख छ।
नवनियुक्त नेता सिंह यसअघि प्रमुख सचेतक तथा पार्टी महासचिवको जिम्मेवारीमा थिए।
मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र देखिएको विवादकै बीच नेतृत्व परिवर्तन गरिएको हो। सिंह नेतृत्वमा रहेका बहुमत प्रदेश सांसदहरूले आइतबार सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए। तर, त्यसको करिब १२ घण्टापछि तत्कालीन नेता यादवले भने समर्थन कायमै रहेको भन्दै अर्को पत्र बुझाएका थिए।

सिंहले पार्टी अध्यक्ष राउतसँगको सल्लाहमा बहुमत सांसदको निर्णयअनुसार सरकारबाट समर्थन फिर्ता लिइएको बताएका छन्। समर्थन फिर्ता सम्बन्धी पत्रमा जनमतका ९ जना प्रदेश सांसदको हस्ताक्षर रहेको छ।
हाल प्रदेश सभामा जनमत पार्टीका १२ सांसद रहेका छन्, जसमा बबिताकुमारी राउत उपसभामुख छन्। पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्री छन्।
मधेश प्रदेशमा एमालेबाहेकका दलहरूको सहभागितामा सरकार बनेको छ। जनमतका सांसदहरूको पछिल्लो निर्णयले कांग्रेस नेतृत्वको सरकार संकटमा पर्न सक्ने संकेत देखिएको छ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। हाल नेकपा एमाले का २४, नेपाली कांग्रेस का २२, जसपा नेपालका १८, जनमतका १२, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्। अन्य साना दलहरूका एक–एक सिट छन्।
यस घटनाक्रमसँगै मधेश प्रदेशमा वैकल्पिक सत्ता समीकरणको प्रयास तीव्र हुने संकेत देखिएको छ।
विद्यार्थीले राजनीतिक सिकून, तर नेताको भीडबाट होईन, शिक्षकबाट सिकूनः प्रधानमन्त्री बालेन
- २०८३ बैशाख २२ मंगलबार
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत राजनीतिक हस्तक्षेपले राज्य प्रणाली कमजोर बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री शाहले
पूरा पढ्नुहोस्





