Close This

प्रधानमन्त्री कार्यालयबाट हुँ भनेर सचिव थर्काउने रास्वपा (घण्टी) का कार्यकर्ता खडका पक्राउ

२०८३ जेठ २ शनिबार
बेलुकी ५:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।

खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ ।

शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिकामा कर्मचारीहरुको मनमौजी, कार्यालय बस्दैनन्, सेवाग्राहीलाई सास्ती

  • २०८३ जेठ २ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा कर्मचारीहरु समयानुसार नबस्दा सेवाग्राहीहरुलाई सास्ती भोग्नुपरेको गुनासो गरिएको छ ।  माचि झिटकैयास्थित रहेको नगरपालिकाको कार्यालयमा कर्मचारीहरु समयमा नआउने तथा समय सीमाभित्र कार्यालयमा नबस्ने

पूरा पढ्नुहोस्

Bureau Menus