न्यूज ब्यूरो, जनकपुरधाम । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सचिव थर्काएको भन्दै पदबाट निलम्बन गर्न सिफारिस गरेको छ ।
रास्वपाको जिल्ला पार्टी कार्यालय दैलेखले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा रास्वपाका कार्यकर्ता सदस्य प्रकाश खडकामाथि कारबाही गर्न केन्द्रीय अनुशासन आयोगसमक्ष सिफारिस गरेको छ।
जिल्ला पार्टी कार्यालय दैलेखद्वारा २०८३ जेठ २ गते जारी पत्रअनुसार दुल्लु नगरपालिका–१३ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका एक पार्टी सदस्यले वडा सचिवसँग विवाद गर्नुका साथै पार्टी हित प्रतिकूल गतिविधि गरेको आरोप लगाइएको छ।

पत्रमा ती सदस्यमाथि वडा सचिवमाथि अपशब्द प्रयोग गरिएको आरोपसमेत उल्लेख गरिएको छ। जिल्ला कार्यसमितिले उक्त गतिविधिलाई पार्टीको आचारसंहिता विपरीत भएको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन तथा आवश्यक कारबाही गर्न केन्द्रीय अनुशासन आयोगलाई सिफारिस गरेको जनाएको छ।
उक्त पत्र जिल्ला पार्टी कार्यालय दैलेखका सचिव प्रकाश कुमार बुढाद्वारा हस्ताक्षरित छ।
अब मलको कालोबजारी गर्ने सँस्थाको लाईसेन्स खारेज हुने
- २०८३ जेठ २ शनिबार
न्यूज ब्यूरो, काठमान्डौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक मलको सहज पहुँच पु¥याउने उद्देश्यले नयाँ तथा कडा व्यवस्था सहित कार्यविधि ल्याएको छ । कृषिमन्त्री गीता चौधरीले ‘अनुदानको मल वितरण
पूरा पढ्नुहोस्




