Close This

आजदेखि मलेमास सुरु, जनकपुर गेरुकाधाममा श्रद्धालुको पवित्र स्नान

२०८३ जेठ ३ आइतबार
बिहान ०८:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  महोत्तरीको लोहरपट्टी नगरपालिका क्षेत्रमा अवस्थित धार्मिकस्थल गेरुकाधाम मा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ। धार्मिक आस्था तथा परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका छन्।

विशेषगरी मिथिला क्षेत्रका साथै छिमेकी भारतबाट समेत आएका श्रद्धालुहरूले स्नानपछि भगवान विष्णुको मन्दिरमा पूजा अर्चना गर्दै सुख, शान्ति तथा मोक्ष प्राप्तिको कामना गरेका थिए। धार्मिक मान्यताअनुसार गेरुकाधाममा स्नान गरे पाप नाश हुने तथा पुण्य लाभ प्राप्त हुने विश्वास रहिआएको छ।  

आजको स्नान अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनको सहभागितामा भजन–कीर्तन, झाँकी तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। मेला व्यवस्थापन समितिका अनुसार श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, सुरक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।

गेरुकाधाममा विशेषगरी अधिकमास तथा धार्मिक अवसरहरूमा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ। यहाँ प्रत्येक वर्ष धार्मिक स्नान तथा पूजापाठका लागि हजारौं भक्तजन पुग्ने गरेका छन्। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए

  • २०८३ जेठ ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,

पूरा पढ्नुहोस्

Bureau Menus