Close This

देउवा दम्पतिविरुद्ध जारी गर्न इन्टरपोलले गर्यो इन्कार, सम्बद्ध कसुर नदेखिएको दावी

२०८३ जेठ ४ सोमबार
दिउसो १:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको छ ।

देउवा दम्पतीविरुद्ध सम्बद्ध  कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो । देउवा दम्पती हाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरणहरू सरकार र देउवाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन ।

२४ भदौको जेन–जी आन्दोलनमा निवासमा आक्रमणमा परेका दुवैजनालाई सेनाको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । त्यसलगत्तै उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यहाँबाट फर्केपछि पुनः देउवा त्रिभुवन विमानस्थलबाट सिंगापुर गएका थिए भने आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू देशबाहिर रहेकै बेला सरकारले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने

  • २०८३ जेठ ४ सोमबार

न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श

पूरा पढ्नुहोस्

Bureau Menus