साँसद झाको पहलपछि जनकपुरलाई प्राथमिकता, विवाह गन्तव्य र विश्व सम्पदा सूचीमा सूचीकृत गराउने घोषणा

२०८३ जेठ १६ शनिबार
बिहान ०७:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत जनकपुरधामलाई विशेष पर्यटन गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेको छ। 

संस्कृति तथा पर्यटन क्षेत्र अन्तर्गत प्रस्तुत बजेटमा जनकपुरधामलाई “विवाह गन्तव्य (Wedding Destination) का रूपमा विकास तथा ब्रान्डिङ गरिने उल्लेख गरिएको छ। साथै रामजानकी पथ र रामजानकी परिक्रमा सडकको स्तरोन्नतिका लागि समेत बजेट विनियोजन गरिएको छ।

बजेटमा धनुषास्थित जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने नीति लिइएको छ। भगवान राम र माता सीतासँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वस्तरमा प्रचारप्रसार गर्दै जनकपुरलाई विवाह पर्यटनको प्रमुख गन्तव्य बनाउने सरकारको योजना रहेको छ। 

त्यस्तै, सरकारले कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम तथा काठमाडौंको गोसाइँकुण्ड क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ। यसले जनकपुरधामको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत हुने अपेक्षा गरिएको छ। 

पर्यटन प्रवर्द्धन अन्तर्गत सरकारले विभिन्न प्रदेशस्तरीय पर्यटकीय करिडोरको विकास र प्रवर्द्धन गर्ने योजना पनि अघि सारेको छ। जसअन्तर्गत सखडा–धनुषाधाम–गढीमाई धार्मिक पर्यटन करिडोर लाई समेत प्राथमिकतामा राखिएको छ। यसले मधेश प्रदेशको धार्मिक पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। 

सरकारको यो घोषणासँगै जनकपुरधामलाई धार्मिक, सांस्कृतिक तथा विवाह पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने अभियानले थप गति पाउने देखिएको छ। 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

आज तराई मधेशमा बर्षासहित चटयाँग र हावाहुरीको सम्भावना

  • २०८३ जेठ १६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी

पूरा पढ्नुहोस्

Bureau Menus