न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको पर्साहा मैदानमा स्टेडियम बन्ने भएको छ । त्यसको लागि सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गरेको हो ।
गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलसहित कार्यपालिकाको अथक प्रयासले राष्ट्रिय आयोजना आयोगले ७ करोड रुपैयाँ बजेट विनियोजन गरिदिएको हो ।
पालिकाको गौरवको आयोजना अन्तर्गत खजुरी फिल्ड (परसाहा मैदान) मा रँगशाला बन्ने भएको जनकनन्दिनी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ई.मुकेश कुमार मण्डलले जानकारी दिए । उनका अनुसार, पालिका अध्यक्ष (मेयर) को विशेष पहलकदमीले बजेट सम्भव भएको बताए । कार्यपालिका सदस्यहरुको समेत जोड र यहाँका कर्मचारीहरुको समन्वयले यो बजेट हात पारिएको बताए ।

रँगशाला निर्माणको लागि डिपिआर पहिले नै तयार भईसकेकोले आर्थिक बर्ष सुरुपछि समायानुकुल भएपछि टेण्डर प्रक्रियाबाट कार्य सुरु हुने बताए ।
पूर्वी धनुषामा पहिलो स्टेडिय बन्ने भएको छ । खजुरी खेलकूद क्षेत्रको लागि राजाकालदेखि नै चर्चित छ ।
- २०८३ जेठ २३ शनिबार



.jpeg)