न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा गिद्धा बेलापट्टि माविका प्रधानाध्यापक पवन कुमार मण्डलले आफ्नो बढाई चढाई गर्न करारका शिक्षकहरुलाई प्रयोग गर्न थालेको पाईएको छ ।
जनता मावि गिद्धा बेलापट्टिमा कार्यरत करारका मास्टरहरुले विगत केही दिनदेखि पढाउन छाडेर हेडमास्टर पवन मण्डलको फेसबुक पोष्ट शेयर गर्न बाध्य भएका छन् । विद्यालयको डिजिटल सन्देश ग्रुपमै हेडमास्टरले सबै शिक्षकले आफ्नो तुलको समाचार वा पोष्ट अनिवार्य शेयर गर्नुपर्ने उर्दी जारी गरेको एक कर्मचारीले बताएका छन् । 











माथिल्ला शेयर गर्नेहरु सबै सोही स्कूलका करारका मास्टरहरुसहित केही कर्मचारी रहेका छन् ।
सोही विद्यालयम कार्यरत एक कर्मचारीले हेडमास्टर मण्डलको पोष्ट जतिबेला पनि शेयर गर्नुपर्ने उर्दी भएको बताए । उनले आफ्नो बढाईचढाई गरेको भिडियो बनाएर हाल्नुपर्ने, आफूले पोष्ट गर्ने समाग्री अनिवार्य रुपमा शेयर गर्नुपर्ने उर्दी बनाएका छन् ।
यसका साथै, उनले केही विद्यार्थीहरुलाई समेत यसको लागि प्रयोग गर्न थालेको पाईएको छ । सोही स्कूलबाट पढेर विदेश कमाउन गएका केही युवकहरुलाई मेसेज गरी आफ्नो पोष्टहरु अनिवार्य रुपमा अधिक भन्दा अधिक शेयर गरिदिन आग्रह गर्दै गरेको बताइएको छ ।
उनलका चेलाचपाटीहरुले समेत पत्रकारको विरोध गर्ने, मिडियाको विरुद्धमा स्टेटस हाल्न लगाउने तथा आप्नो बराईचराई गरी भिडियो पोष्ट गर्न लगाई सस्तो लोकप्रियिता कमाउन मस्त देखिन्छन् ।
यद्यपी, विद्यालयको बेतिथि र प्रधानाध्यापकको विभिन्न समाचारहरु सबुतसहित आउन थालेपछि उनीप्रतिको विश्वास र उनका समर्थकहरुमा ह्रास आउन थालेको छ ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ जेठ २३ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्


.jpeg)