न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ६ तिनकोरिया (गिद्धाबेलापट्टि) स्थित रहेको जनता माविमा हजार बढी विद्यार्थी फर्जी रहेको पाईएको छ । वि.सं. २०८१ को ईमिस रेकर्ड चेकजाँचको क्रममा हजार बढी फर्जी विद्यार्थी पाईएको छ ।
विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डल र लेखापाल ब्रहम्देव यादवले नक्कली विद्यार्थी सँख्या बढाएर विभिन्न बजेटको नाममा लाखौँ रुपैयाँ अनियमितता गरेका छन् । नक्कली विद्यार्थीको नाममा आउने सरकारी बजेट हेडमास्टर पवन मण्डल र लेखापाल ब्रम्हदेव यादवले खाएका छन् । विद्यालयको बैँक खाता रेकर्ड समयमा पवन र ब्रहम्देवको नाममा रहेको छ । सोही खातामा सरकारी अनुदान, बजेट गएको छ ।
विद्यालयको २०८१ इमिस रेकर्ड अनुसार जम्मा विद्यार्थी सँख्या ५ हजार ३९५ रहेको छ । जसमा हजार बढी विद्यार्थी फर्जी कायम गरिएको छ । ईमिस डाटा अनुसार, केही कक्षासम्म मात्र गन्ती गर्दा करिब ११ सय विद्यार्थी फर्जी देखिएका छन् ।
कुन कक्षामा कति फर्जी ?

माथिल्लो तथ्याँक डिजिटल बुद्धिमताबाट गरिएको
बालविकास कक्षादेखि १२ कक्षासम्मको ईमिस रेकर्डमा करिब ११ सय विद्यार्थी फर्जी हुन् । एउटै विद्यार्थीको नाम एउटै कक्षामा बढीमा ५ ठाउँमा उल्लेख भएको पाईएको छ । फरक ईमिस नम्बर देखाएर एउटै विद्यार्थीलाई पटक पटक गन्तीमा ल्याएर सँख्या बढाएको पाईएको छ ।
सैम्पलको लागि कक्षा ४ को विद्यार्थी लिस्टमा क्रम सँख्या १५ र १६ मा आनन्द मण्डल र आनन्द कुमार मण्डल विद्यार्थी उल्लेख छ । फरक ईसिम भएपनि आमा र बुवाको नाम तथा जन्ममिति भने एउटै पाईएको छ । सोही कक्षाको विभिन्न क्र.सँख्यामा एउटै विद्यार्थीलाई पटक पटक देखाएर सँख्या बढाएको पाईएको सबुत प्रमाण छ ।

कक्षा ८ मा विद्यार्थी सँख्या ७२२ देखाइएको छ । जसमा कम्तीमा १४३ जना विद्यार्थी फर्जी पाईएको छ । ७२२ जना विद्यार्थी पढाउन चाहिने पूर्वाधारको आंकलन गर्न सकिन्छ । यद्यपी, ७२२ जनामा कम्तीमा १४३ जना विद्यार्थी फर्जी देखाउनु ठुलो अनियमितता हो ।
सोही पालिकाका पत्रकार एवम् पूर्व व्यवस्थापन समितिका अध्यक्ष सँजीव मण्डलले यसलाई सीधा भ्रष्टाचार भनेका छन् । फर्जी विद्यार्थी देखाएर आउने रकम हेडमास्टर पवन मण्डल र लेखापाल ब्रहम्देव यादवले भ्रष्टाचार गरेको बताएका छन् ।

उनले भने, –“एउटा विद्यार्थीको लागि आउने सरकारी सुविधा जोडनु, निरन्तर एउटै विद्यार्थीको लागि एक बर्षमा आउने सरकारी सेवा सुविधा जोडनु र सोही विद्यार्थीको ८ बर्षसम्म सेवासुविधा जोडेर कति रकम खाएको छ आफैँ अनुमान गर्नुस् । यसमा लाखौँमा होईन, करोडौँमा भ्रष्टाचार भएको पुष्टि गर्न सकिन्छ ।”
बालविकासदेखि कक्षा १२ सम्मको विद्यार्थी सँख्यामा करिब ११०० विद्यार्थी फर्जी देखाएर नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकारबाट करोड बढीको बजेटमा भ्रष्टाचार भएको बताईन्छ ।
बालबालिकाहरुको दिवा खाजा, छात्रवृति, पाठ्यपुस्तक लगायतमा प्रधानाध्यापक पवन मण्डल र लेखापाल ब्रहम्देव यादवले अहिलेसम्म कैयौँ करोड भ्रष्टाचारी गरेको सोही नगरपालिकाका मनोज साफीले बताए ।
फाईल ठुलो भएकोले PDF डाउनलोड गरेर हेर्नुहोला,
बालविकासदेखि कक्षा ५ सम्म र अहिले कक्षा ६ सम्म दिवाखाजाको लागि प्रति विद्यार्थी रु. १५ देखि २० सम्म दिने गरेको छ । दिवाखाजा मात्र पाउने फर्जी विद्यार्थी ४०० बढी छ । यस हिसाबले मात्र एक बर्षमा १४ लाख ४० हजार रुपैयाँ भ्रष्टाचार भएको आंकलन छ ।

सरकारी कागजमा फर्जी विद्यार्थी २० वटै भएपनि भ्रष्टाचारको मुद्दा चलाइने अख्तियारका एक कर्मचारीले बताए । हेडमास्टर पवन मण्डल र लेखापाल ब्रहम्देव यादवले ११ सय बढी फर्जी विद्यार्थी कायम गरेको कागजात पाइए स्वभाविक रुपमा भ्रष्टाचारको मुद्दा चल्ने बताईएको छ । क्रमशः
ईटा भट्टामा ईटको चाँग (थक्कीं खस्दा तीन मजदुरको च्यापिएर मृत्यू, दुई घाईते
- २०८३ जेठ २४ आइतबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा गोडैता
पूरा पढ्नुहोस्




