Close This

धनुषामा ट्रान्सफर्मर चोरी घटनाः छुटेको लाईसेन्सले खोलिदियो चोरीको पोल, गाडीसहित महोत्तरीका एक युवक पक्राउ

२०८३ जेठ ३१ आइतबार
बेलुकी ७:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय र पर्वताको बीचमा रहेको कृषि ट्रान्सफर्मर चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीचौकी नौसयविघा (उमाप्रेमपुर) का ईन्चार्ज असई अजय कुमार झाले शुक्रबार राती ट्रान्सफर्मर चोरीको प्रयास गरेको आरोपमा महोत्तरीका एक युवकलाई पक्राउ गरेका छन् । 

शुक्रबार राती करिब १२ देखि १ बजेको समयमा कृषि ट्रान्सफर्मर चोरी गर्दै गर्दा प्रहरी पुगेपछि गाडी छाडेर भागेको थिए । भारतीय नम्बर प्लेटको चारचक्के सवारी चेकजाँ गर्दा महोत्तरीको फुलहट्टा बस्ने विक्की कुमार साह सोनारको लाईसेन्स भेटिएको थियो । सोही ठेगानाको चेकजाँच गर्दै जाँदा लाईसेन्सको आधारमा सोनालाई पक्राउ गरी धनुषा ल्याएको छ । 

प्रहरी असई झाको गस्ती टोलीले ट्रान्सफर्मर चोरीबाट बचाउनुको साथै पहिलो पटक विद्युतिय ट्राफन्सफर्मर चोरीमा संलग्न आरोपमा पक्राउ समेत गर्न सफल भएका हुन् । 

सोनारलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ

  • २०८३ जेठ ३१ आइतबार

हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर

पूरा पढ्नुहोस्

Bureau Menus