अन्तराष्ट्रिय चर्चा पाएका सेफ सँतोष साह जनकपुरबाट पक्राउ

२०८३ जेठ ३० शनिबार
बिहान ०९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ गरेका छन् । उनलाई गएराती जनकपुरबाटै पक्राउ गरिएको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ ।  उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

उनका साथीभाईका अनुसार उनलाई जानीबुझी फँसाउन खोजिएको बताएको छ । जनकपुरमा उनी मिथिला थाली र काठमान्डौँमा जनकपुर फिस हाउसका सँचालक पनि हुन् । 

सेफ सन्तोष शाह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सफल नेपाली सेफमध्ये एक हुन्। उनी विशेषगरी बेलायतको लोकप्रिय कुकिङ प्रतिस्पर्धा MasterChef: The Professionals को सन् २०२० संस्करणमा फाइनलसम्म पुगेर विश्वभर चर्चित बनेका थिए। उक्त प्रतियोगितामा उनले नेपाली परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै निर्णायक तथा दर्शकहरूको प्रशंसा बटुलेका थिए।

सन्तोष शाहको जन्म सिरहामा भएको हो। सामान्य परिवारमा हुर्किएका उनले प्रारम्भिक जीवनमा धेरै संघर्ष गरेका थिए। होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने उद्देश्यले उनी युवा अवस्थामै भारत हुँदै बेलायत पुगेका थिए। त्यहाँ उनले भान्सामा सहायकको रूपमा काम सुरु गरेर आफ्नो सीप र मेहनतका बलमा अन्तर्राष्ट्रिय स्तरका सेफको पहिचान बनाउन सफल भए।

  • 0%
  • 11%
  • 0%
  • 0%
  • 0%
  • 56%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ जेठ ३० शनिबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus