न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १२ विजलपुरामा विवाहित महिला (पिंकी) को रहस्यमय मृत्यु भएपछि माईत पक्षले आगजनी तर तोडफोड गरेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ११ कान्तिबजारमा रहेको उनको माइतीपक्ष यतिबेला अत्यन्तै आक्रोशित बनेको छ भने सोही आक्रोस गएराति पोखिएको छ ।
छोरीको हत्या नै गरिएको दाबी गर्दै विजलपुरा पुगेका माइतीपक्ष र स्थानीयले आक्रोशमा आकर घरमा तोडफोड गर्नुका साथै त्यहाँ राखिएको एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । जसलाई सुरक्षाकर्मीले समयमै निभाएका थिए । झडपमा परी दुवैतर्फ गरी करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
- २०८३ जेठ ३० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख
पूरा पढ्नुहोस्






