सुनसरीमा राजमार्गसहित आसपासका क्षेत्रमा अनिश्चिकालिन कर्फ्यू जारी, अशान्त बन्यो मधेश

२०८३ श्रावण १२ मंगलबार
दिउसो ४:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । 

मंगलबार अपराह्न साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश आदेश जारी भएको हो । 

सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको चार किल्ला तथा इनरुवा बजार क्षेत्र सीमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको हो । 

पूर्व पकली चोकसम्म, पश्चिम कोसी व्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म यस्तो आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनाएका छन् ।

आईतबार राती सुनसरीको देवानगँजमा भएको हिन्दुमाथि गोली काण्डपछि मधेश अशान्त बनेको छ । मधेशका विभिन्न जिल्लामा सरकार, प्रहरी प्रशासनविरुद्ध आन्दोलन चर्केको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बागमती फन पार्क निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • २०८३ श्रावण १२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरणको निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री,

पूरा पढ्नुहोस्

Bureau Menus