सुनसरीमा दुई समूहबीच विवाद उग्र, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो !

२०८३ श्रावण ११ सोमबार
बिहान ०६:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा सोमबार दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि गोली चल्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खडकाका अनुसार पोलमा धार्मिक झण्डा झुण्ड्याउने विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद चर्किएपछि भएको झडपका क्रममा गोली चलेको र घटनामा एक जनाको मृत्यु भएको तथा ९ जना घाइते भएको उनले जानकारी दिए ।

मृतकको पहिचान ओमप्रकाश मेहताका रूपमा भएको छ । घाइतेहरूको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर क्षेत्रमा भजन तथा डिजे बजाइरहेका बेला दुई समूहबीच विवाद सुरु भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएर झडप र गोली प्रहारसम्म पुगेको बताइएको छ । घटनाका क्रममा केही समय विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको दाबी छ ।

यद्यपि प्रहरीले कति राउण्ड गोली चलाएको भन्ने विषयमा प्रहरीले आधिकारिक रूपमा प्रहरीले बताउन चाहेनन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी खडकाले बताएका छन् ।

घटनापछि देवानगञ्ज क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालमा पुष्टि नभएका सूचना तथा अफवाह नफैलाउन आग्रह गर्दै घटनाको वास्तविकता अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 33%
  • 33%
  • 33%

Vianet र Classic Tech को आक्रामक विस्तारबीच WorldLink शीर्षमै, Subisu ले एक वर्षमा गुमायो ४५ हजारभन्दा बढी ग्राहक

  • २०८३ श्रावण ११ सोमबार

न्यूज ब्यूरो,  जनकपुरधाम । नेपालको फिक्स्ड ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बजार अग्रणी वर्ल्डलिंक कम्युनिकेसन्सले शीर्ष स्थान कायम राख्न सफल भएको छ भने सुबिसु केबलनेटले भने एक वर्षमै ४५ हजारभन्दा

पूरा पढ्नुहोस्

Bureau Menus