न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहको तस्वीर जलाएका छन् ।
सोमबार जनकपुरधामको रामानन्द चोकमा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गर्दै सरकारको आलोचना गरेका थिए । प्रदर्शनका क्रममा दुवैको तस्वीर जलाइएको थियो ।
प्रदर्शनकारीहरूले सुनसरीको घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाउँदै दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन् । उनीहरूले पीडित परिवारलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घटनापछि सरकारले छानबिन समिति गठन गर्नुका साथै प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ श्रावण ११ सोमबार



