कमला पुल निरीक्षण गर्न पुगेका मन्त्री लम्साल स्थानीयको घेराउमा, १५ दिनभित्र सञ्चालनमा ल्याउने ठेकेदारको दाबी

२०८३ जेठ २४ आइतबार
बिहान ०७:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल शनिबार धनुषास्थित कमला नदीमा निर्माणाधीन पुलको निरीक्षणका क्रममा स्थानीयको घेराउमा परेका छन्।

हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला पुलको स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री लम्सालले स्थानीय तथा सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिई फर्किन खोजेपछि आक्रोशित स्थानीयले उनको गाडी घेरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार स्थानीयले मन्त्रीसँग पुल निर्माणको वास्तविक अवस्था र सञ्चालन मितिबारे स्पष्ट जानकारी माग गरेका थिए। स्थानीयको दबाबपछि मन्त्री लम्साल गाडीबाट ओर्लिएर नागरिकका गुनासा सुनेका थिए।

स्थानीयले “पुल कहिलेसम्म सञ्चालनमा आउँछ ?” भन्ने प्रश्न उठाएपछि मन्त्री लम्सालले निर्माण कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए। त्यसक्रममा ठेकेदार पक्षले आगामी १५ दिनभित्र आवतजावत गर्न मिल्ने गरी पुल सञ्चालनमा ल्याउने८८ प्रतिबद्धता जनाएको बताइएको छ। त्यसपछि स्थानीयले मन्त्रीलाई त्यहाँबाट जान दिएका थिए।

स्थानीय स्रोतका अनुसार मन्त्रीलाई घेर्नुअघि आन्दोलनरत नागरिकहरूले निर्माण कम्पनी ८८लुम्बिनी बिल्डर्स जेभी८८ का सञ्चालक विष्णु शर्मासँग पनि जवाफ माग गरेका थिए।

 १५ वर्षदेखि अलपत्र परियोजना

कमला नदीमाथि निर्माणाधीन उक्त पुलको कथा लामो र विवादास्पद छ। ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६८ मंसिरमा करिब २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

सुरुमा निर्माणको जिम्मा पाएको पप्पु–लुम्बिनी बिल्डर्स जेभीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थप गरियो। तर निर्माण कार्यले गति लिन सकेन। राज्यको कमजोर निगरानी र निर्माण कम्पनीको लापरवाहीका कारण परियोजना वर्षौंदेखि अलपत्र बन्दै गयो।

हुलाकी सडक संघर्ष समितिले आन्दोलन तथा रिले अनशन थालेपछि २०७६ असोज १ गते पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसिएको थियो। त्यसपछि हुलाकी राजमार्ग निर्देशनालयले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गतेभित्र काम सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको थियो।

उद्घाटनको तयारी भइरहेका बेला भासिएको थियो पुल

निर्माण सम्पन्न भई उद्घाटनको तयारी भइरहेकै अवस्थामा २०७८ असार १७ गते आएको सामान्य बाढीले पुलको संरचना भासिएको थियो। त्यसपछि पुल पुनर्निर्माणको काम सुरु गरिए पनि झन्डै पाँच वर्ष बित्न लाग्दा पनि परियोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

पुलको डिजाइनमै त्रुटि रहेको आरोपसमेत उठ्दै आएको छ। यस विषयमा अनुसन्धान भइरहेको बताइन्छ। स्थानीय अगुवा तथा सरोकारवालाहरूले पुरानो संरचनाको मर्मतभन्दा नयाँ डिजाइनसहित नयाँ पुल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।

तर सरकार र सम्बन्धित निकायले मागलाई प्रभावकारी रूपमा सम्बोधन नगरेको भन्दै स्थानीयवासीले समय–समयमा आन्दोलन गर्दै आएका छन्।

कमला पुल निर्माणमा भएको पटक–पटकको ढिलाइले धनुषा, सिरहा, सप्तरी तथा आसपासका जिल्लाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित हुँदै आएका छन्। स्थानीयले अब थप आश्वासनभन्दा पनि पुल सञ्चालन भएको अवस्था हेर्न चाहेको बताएका छन्।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ जेठ २४ आइतबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus