न्यूज ब्यूरो, विराटनगर । उर्लाबारी–उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित गोलचोकबाट लागूऔषध (ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र–१–०२०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक र पछाडि सवार दुवैलाई लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ बस्ने २४ वर्षीय निश्चल गुरुङ रहेका छन्।
प्रहरीका अनुसार चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागूऔषध फेला परेको थियो।
त्यस्तै, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ जेठ २४ आइतबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्




