कमला नगरपालिकाका १११ गरिब, जेहेन्दार बालबालिकालाई व्यवसायी साहको सहयोग

२०८३ जेठ २४ आइतबार
बिहान ११:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका एक व्यवसायीले जेहेन्दार १११ विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरेको हो । लगमाका व्यवसायी जीवन कुमार साहले सहयोग गरेका छन् ।

कमला नगरपालिकाको वडा नं. ३ भित्रका  जेहेन्दार बालबालिकाहरुलाई उनले घोषणा गरेको बमोजिम कापि, कलम, पोशाक लगायतका समाग्री दान गरेका हुन् । 

वडा नं. ३ भित्र पर्ने लगमा, मानपट्टि र पर्सा टोलका १ सय ११ जना बालबालिकाहरुलाई सहयोग गरेका हुन् । लगमा बजारस्थित मल्टीबिजनेस गरिरहेका व्यवसायी जीवन साहले उनीहरुको परिवारिक स्थिति हेरेर घोषणा गरे बमोजिम सहयोग गरेका हुन् । 

उनले गरिब भएर पढन गाह्रो भएको, स्कूल पोशाक, बैग, कापी पेन्सिलको समस्या भएका त्यस्ता बालबालिकाहरुलाई पहिचान गरी समाग्री प्रदान गरेका हुन् । उनको यो कार्यप्रति अभिभावकहरुले प्रशँसा व्यक्त गरे । 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला पुल निरीक्षण गर्न पुगेका मन्त्री लम्साल स्थानीयको घेराउमा, १५ दिनभित्र सञ्चालनमा ल्याउने ठेकेदारको दाबी

  • २०८३ जेठ २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल शनिबार धनुषास्थित कमला नदीमा निर्माणाधीन पुलको निरीक्षणका क्रममा स्थानीयको घेराउमा परेका छन्। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला पुलको स्थलगत निरीक्षण गर्न

पूरा पढ्नुहोस्

Bureau Menus