मधेश प्रदेश सभाका विद्यायक सरोजकुमार सिंह कुशवाहा घुसकाण्डमा दोषी ठहर, ४ वर्ष १ महिना कैद सजाय

२०८३ जेठ १९ मंगलबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई घुस तथा कमिसन लिएको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले गत जेठ ४ गते उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूरमा दोषी ठहर गरेको थियो। सोही मुद्दामा आज अदालतले सजाय निर्धारण गर्दै ४ वर्ष कैद र ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना तोकेको हो।

अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत सोही बराबरको रकम प्राप्त गरेको पुष्टि भएको थियो। उक्त रकमलाई नै भ्रष्टाचारको विगो मानी सजाय निर्धारण गरिएको हो।

फैसलाअनुसार वारदात भएको समयमा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका सिंहले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय समेत सुनाइएको छ।

विशेष अदालतले घुसबापत प्राप्त ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गरी असुलउपर गर्न आदेश दिएको छ। साथै जरिवानाको आधारमा अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विभिन्न उपभोक्ता समितिहरूबाट कमिसन तथा घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले आरोप पुष्टि भएपछि उनलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ जेठ १९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus