न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीको पदबाट निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले अनुशासन उल्लंघन गरेको आरोपमा यादवलाई अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। उक्त जानकारी नेपाली कांग्रेसका सचिव दिनेश थापामगरले दिएका छन्।
पार्टी स्रोतका अनुसार यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रीय समितिसमक्ष सिफारिस गरिएको थियो। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोपमा यादवविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम उनलाई निलम्बन गरिएको पार्टीले जनाएको छ।
यसअघि पार्टीले वैशाख ३० गते यादवसँग पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको थियो। निर्धारित समयभित्र जवाफ नआएपछि जेठ १२ गते पुनः दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो। तर, त्यसपटक पनि उनले कुनै जवाफ नदिएको जनाइएको छ।
पार्टीले स्पष्टीकरण नबुझाएको तथा घटनाबारे थप अनुसन्धान आवश्यक देखिएकाले अन्तिम निर्णय नहुँदासम्मका लागि निलम्बनको निर्णय गरिएको सचिव थापामगरले बताएका छन्।
उक्त घटनाबारे थप छानबिनपछि अनुशासन समितिले अन्तिम निर्णय गर्ने बताइएको छ।
गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने
- २०८३ जेठ २१ बिहीबार
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श
पूरा पढ्नुहोस्


