न्यूज ब्यूरो, जनकपुरधाम । यतिबेला भ्रष्टाचार र अनियमितताको सन्दर्भमा विवादमा तानिएको धनुषको जनता माध्यमिक विद्यालय गिद्धाबेलापट्टिका एक शिक्षकले विद्यार्थीसँग घुस मागेको अडियो न्यूज ब्यूरोले प्राप्त गरेको छ ।
एसईई परीक्षामा जिपिए बढाईदिने, भने अनुसारको जिपिए राखिदिने भन्दै सोही स्कूलका विद्यार्थीहरुसँग प्रतिविद्यार्थी १/१ हजार रुपैयाँले घुस मागेको प्रकरण बाहिरिएको छ ।
धनुषा कमला नगरपालिका वडा नं. १ मँगराहाका बासिन्दा रहेका निमावि शिक्षक ब्रह्मदेव यादवले परीक्षामा मार्क बढाईदिने भन्दै विद्यार्थीसँग घुसको डील गरेको अडियो रेकर्डमा सुनिन्छ ।
अडियो रेकर्ड यहाँ छ ।
हेडमास्टर पवन मण्डलका असुल दूत मानिएका ब्रह्मदेव यादवले विद्यार्थीसँग घुस मागेको अडियो प्रमाण हुँदाहुँदै सम्बन्धित निकायले भने कारवाही गर्न सकेको छैनन् । यो रेकर्ड यसअघि सम्बन्धित निकायलाइ जानकारी गराएको दाबी गरिएको छ ।
विदेह नगरपालिकाकोको कार्यालयमा अहिले शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत ब्रह्मदेव यादवको अडियोको सन्दर्भमा विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोलराज उपाध्यायले छानबिन गरी ठहरिएमा कानुन बमोजिम कारवाही प्रक्रिया थाल्ने प्रतिवद्धता जाहेर गरे ।
यस सन्दर्भमा शिक्षक ब्रह्मदेव ले यो रेकर्डिँग आफ्नो रहेको स्वीकार गरे । उनले यो पुरानो रेकर्डिँग रहेको बताए । यसका साथै उनले यस्ता समाचार नराखिदिन आग्रह समेत गरे ।
भारतमा बन्धक बनाएर राखिएका बर्दिवासका बालबालिकासहित १६ जनाको उद्धार, घर फर्काईयो
- २०८३ जेठ २५ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । रोजगारको लागि भारतमा बन्धक बनाइएका महोत्तरीको बर्दिबास नगरपालिका –१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जनाको उद्धार गरी नेपाल फर्काइने प्रक्रिया अघि बढाइएको छ । बन्धकमा परेका नेपाली
पूरा पढ्नुहोस्




