न्यूज ब्यूरो, जनकपुरधाम । रोजगारको लागि भारतमा बन्धक बनाइएका महोत्तरीको बर्दिबास नगरपालिका –१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जनाको उद्धार गरी नेपाल फर्काइने प्रक्रिया अघि बढाइएको छ ।
बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने तयारी अघि बढाइएको जनाइएको छ । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र महोत्तरी प्रहरीको पहलमा उनीहरूको उद्धार भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका स्थानीयहरुलाई उद्धार गरि नेपाल ल्याउन लागिएको छ ।
उद्धार टोलीमा सहभागी मध्येका अशोक सादाका अनुसार भारती प्रहरीको सहयोगमा बन्धक बनेकाहरुको उद्धार सम्भव भएको छ । उनीहरूले कमाए बापतको ज्याला पनि त्यहाँका प्रहरीले हिसाब गराएर दिलाएर नेपाल ल्याउने तयारी अघि बढाइएको उनले जनाएको छ । श्रमिकहरूलाई डर त्रास देखाई यातना समेत दिँदै बन्धक बनाइएको थियो ।
कुटपिट गर्दै यातना दिएको फोटो, भिडियोहरू समेत पीडितहरूले परिवारजनलाई पठाएका थिए । आफन्तजनले उद्धार गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न ईलाका प्रहरी कार्यालय बर्दिबासमार्फत भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका थिए । वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले प्रहरीमार्फत दूतावासमा बन्धकमा परेकाहरु खोजी गरि उद्धार गर्न निवेदन दिएका थिए ।
उनीहरुका छोरा छोरी, श्रीमती बन्धक बनेका थिए । दिलिप परियारले २७–मार्च– २०२६ मा भारतको हरियाणा, जिल्ला झज्जर, गाउँ हेलन गाउँ स्थित कुखुरा फर्ममा अन्डा टिप्ने काम रहेको र सो काममा राम्रो कमाई हुन्छ भनि आश्वासन दिलाई उनीहरूलाई लगेका थिए ।
झण्डै ९ बर्षपछि ट्रयाकमा फर्किदैँ कमला नपा, योजना छनौटका लागि पहिलो पटक सार्वजनिक अपिल
- २०८३ जेठ २७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको संरचनापछि कमला नगरपालिका पहिलो पटक जनहितकारी ट्रयाकमा देखिएको छ । आगामी आर्थिक बर्ष चालु हुन ३ महिना मात्र बाँकी रहँदा चालु आर्थिक बर्षको लागि
पूरा पढ्नुहोस्



