न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राष्ट्रिय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले उक्त कार्यलाई गलत भन्दै संलग्न व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सांसद झाले लेखेका छन्, “सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ।”
उनी अहिले सरकारको नेतृत्व गरिरहेको रास्वपाकै राष्ट्रिय प्रवक्ता हुन्। सरकारको पक्षमा रहेका जिम्मेवार नेताले नै राज्यका गतिविधिमाथि सार्वजनिक रूपमा प्रश्न उठाएपछि यस घटनाले राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ। यसैले पनि झाको अभिव्यक्ति विशेष अर्थपूर्ण मानिएको छ
हालै सञ्चारगृह अगाडि सवारीसाधन राखेर अवरोध गरिएको घटनालाई लिएर पत्रकार महासंघ, सञ्चारकर्मी तथा नागरिक समाजका विभिन्न पक्षले पनि आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको निर्बाध सञ्चालन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
यद्यपि सरकारले उक्त घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको वा सम्बन्धित निकायले कारबाही प्रक्रिया अघि बढाइसकेको विवरण भने सार्वजनिक भएको छैन।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८३ असार ३१ बुधबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्


