किसानले मल नपाइरहेका बेला वडा सदस्य महतोले अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद

२०८३ श्रावण ९ शनिबार
बिहान ०७:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अन्यत्र लैजान खोजेको आरोप लागेको छ ।

स्थानीयका अनुसार वडा सदस्य साहले डिलरबाट मल लिएर ट्याम्पुमार्फत मिथिला बिहारी नगरपालिकातर्फ लैजान खोजेको सूचना पाएपछि स्थानीय युवाले ट्याम्पु रोकी मल नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिइएको मल वडा कार्यालयमा लगेर सुरक्षित रूपमा राखिएको छ भने घटनाको विरोधस्वरूप स्थानीयले वडा कार्यालयमा ताल्चा समेत लगाएका छन् ।

गाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

घटनापछि वडा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ । स्थानीयले सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी मल वितरण प्रक्रियामा भएको अनियमितता सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उक्त घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाइएको छ । यद्यपि वडा सदस्य सुरेश साहसँग भने सम्पर्क हुन सकेनन् । 

यस विषयमा कृषि सामग्री कम्पनी, स्थानीय प्रशासन तथा धनुषाधाम नगरपालिकाले पनि आवश्यक छानबिन गर्ने तयारी गरेको बताइएको छ । अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास

  • २०८३ श्रावण ९ शनिबार

नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई

पूरा पढ्नुहोस्

Bureau Menus