न्यूज ब्यूरो, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर क्षेत्रमा आफूलाई घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगर स्थायी घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएको थियो ।
सूचनापछि प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले राणालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको शरीर तथा डेरा कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, करिब ५०० ग्राम गाँजा, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद र. २ हजार ६ सय बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामग्रीसहित राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरमा आलिशान बँगला, कैयौँ कित्ता जग्गाः साईकल चढेर जाने प्रअ मण्डलले कसरी जोडे BYD कारसहित करोडौँको सम्पति ?
- २०८३ श्रावण ९ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । “मै भगवान हुँ” भनेर अहँकार पालेका धनुषा गिद्धाबेलापट्टि विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलको नाममा करोडौँको सम्पति भेटिएको छ । विद्यालयमा साईकल चढेर पढाउन जाने गरेका मण्डलले हेडमास्टर
पूरा पढ्नुहोस्






