न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि इलाका प्रहरी कार्यालय देवानगञ्जको नेतृत्व परिवर्तन गरिएको छ।
घटनाका क्रममा घाइते भएका इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईलाई त्यहाँबाट हटाएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक प्रकाश पराजुलीलाई नयाँ इन्चार्जका रूपमा खटाइएको प्रहरी स्रोतले जनाएको छ।
देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा इन्स्पेक्टर राईसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास चलाउनुपरेको थियो। घटनामा एक जनाको मृत्यु हुनुका साथै सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए।
घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी) लगायत सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गर्दै छानबिन समिति गठन गरेको छ। सोही क्रममा देवानगञ्ज इलाका प्रहरी कार्यालयको नेतृत्वसमेत परिवर्तन गरिएको हो।
सो घटनामा दुई जनाको मृत्यू भईसकेको छ भने अन्यको अवस्था गम्भिर रहेको छ ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ श्रावण १३ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्
..jpeg)

