पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकादेखि सिरहा लगायत विभिन्न स्थानमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।
ओलीले सामाजिक सञ्जालमा लेख्दै सुनसरीको देवानगञ्जमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु तथा सिरहामा गोली लागेर गणेश यादवको निधन भएको घटनाले आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
ओलीले नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने बताएका छन्। उनले बल प्रयोग रोक्न, सबै पक्षसँग तत्काल संवाद सुरु गर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
उनले नागरिकलाई अफवाह र भ्रामक प्रचारको पछि नलाग्न, संयम अपनाउन तथा राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन्। प्रमुख राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप सस्तो लोकप्रियता भन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न साझा प्रयास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्।
सद्भावका बैठकले मात्र पुग्दैन, पत्थरबाजलाई कानुनी तह लगाउनुपर्यो
- २०८३ श्रावण १४ बिहीबार
सम्पादकीयः सुनसरीमा भएको पछिल्लो साम्प्रदायिक तनावपछि धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाममा सामाजिक सद्भाव सर्वपक्षीय समितिको बैठक आयोजना गर्नु सकारात्मक पहल हो । सदियौँदेखि बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजका रूपमा परिचित नेपालमा
पूरा पढ्नुहोस्


