चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी

२०८३ श्रावण २७ बुधबार
रति ८:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् । 

उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको क्रममा शहादत प्राप्त गरेको भन्दै सरकारले शहिद घोषणा गरेपछि उनले आपत्ति जनाएका छन् । उनले उप्रदवीहरुलाई सरकारले शहिद घोषणा गरेको भन्दै शहिदको अपमान भएको सन्देश लेखेका छन् । 

कानुनविद्, अनुसन्धानकर्ता तथा सामाजिक अभियन्ताका रूपमा समेत रहेका डा. सिद्धिकीले “सुनसरी घटनामा नेपाल सरकारले कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका उपद्रवीलाई शहीद घोषणा गरेको निर्णयबाट शहीद शब्द र परिभाषाको अपमान गर्दै शहीद गङ्गालाल, शुक्रराज शास्त्री, धर्मभक्त  माथेमा र दशरथ चन्दको अपमान सरकारले गरेको छ । वर्तमान सरकार तथा यो  निर्णयलाई इतिहासले याद गर्ने छ । ” भनेर लेखेका छन् । 

उनले अर्को स्टेटसमा समेत शहिदहरुप्रति आपत्ति जनाउँदै “शहीद शब्द मुलुकको स्वाधीनता कालागि लडदा , मृत्यु भ्एमा सम्मान स्वरूप दिइने उपाधि हो। सुनसरीको घटना उपद्रवीलाई धार्मिक उपद्रवलाई साम्य पार्न कर्तव्य पालनाको दौरान भएको मृत्युलाई शहीद भन्नु शहीद शब्द को अपमान हो” भनेर लेखेका छन् । 

उनले लेखेको स्टेटस

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ श्रावण २७ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus