न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको जानकी पथलाई ‘रहिम पथ’ नामले उल्लेख गरिएको विषयले सडकको नामकरण र धार्मिक नगरीको पहिचानबारे प्रश्न उठाएको छ ।
ईतिहासदेखि जानकी पथका रूपमा चिनिँदै आएको सडकको नाम गुगल नक्सामा समेत ‘रहिम पथ’ थप देखिएको भन्दै चासो व्यक्त गरिएको छ । केही व्यक्तिले ‘रहिम पथ’ सँगै ‘दाहा चोक’ नामसमेत उल्लेख गर्न थालेपछि पुरानो नाम परिवर्तनको आधार र आधिकारिकताबारे प्रश्न उठेको हो ।
हिन्दुहरुको आस्था जानकीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको जनकपुरधाममा सडक तथा सार्वजनिक स्थानको नामकरण गर्दा ऐतिहासिक अभिलेख, स्थानीय नागरिकको भावना र सहरको मौलिक पहिचानलाई मासेर रहिमपथ नाम राखेको भन्दै चर्को विरोध सुरु भएको छ ।
सडकको नाम परिवर्तन गरिएको विषयमा स्थानीय सरकारले समेत कुनै अधिकारिक जानकारी दिएको छैनन् । गुगल म्यामा जानकी पथ नै अरिजनल नाम रहेको भएपनि केही व्यक्तिले सोही बाटो खण्ड (जानकी पथ) मा रहिमपथ राखेको पाईएको छ ।
स्थानीय सडक तथा सार्वजनिक पूर्वाधारसम्बन्धी विषयमा जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रको अवस्था स्पष्ट पार्नुपर्ने देखिन्छ । नाम परिवर्तनसम्बन्धी औपचारिक निर्णय भएको हो वा अनौपचारिक रूपमा नाम प्रयोग गरिएको हो भन्नेबारे उपमहानगरपालिकाले जानकारी दिनुपर्ने आवश्यकता छ ।
पूर्वकालदेखि जानकी मन्दिरको क्षेत्रसहित हालै सरकारले तोकेको क्षेत्र बमोजिम समेत सो बीचमा रहिमपथ नामको कुनै पथ उल्लेख छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले रहिमपथ लेखेपछि सार्वजनिक चासो बनेको हो ।
यता, जानकी पथका केही व्यवसायीहरुले समेत आफ्नो पसलको बोर्डमा रहिमपथ उल्लेख गरेका छन् । सोही पथमा मोहरम युवा कमिटि समेत रहेको छ ।
रहेनन बलिवुडका दिग्गज कलाकार नाना पाटेकर, ७५ वर्षको उमेरमा निधन
- २०८३ असोज २३ शुक्रबार
जनकपुरधाम । बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार
पूरा पढ्नुहोस्


