न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ः३० बजे स्वदेश फर्किने भएका छन्।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर प्रस्थान गरेका थिए।
स्वास्थ्य उपचार पश्चात् स्वदेश फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कडा सुरक्षा घेराभित्र सिधै उनको निजी निवास महाराजगञ्ज पुर्याउने सुरक्षा निकायको तयारी रहेको छ।
देउवा दम्पती सिंगापुरमै रहेको समयमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ पुर्जी जारी गरेका थिए।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा जारी उक्त पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै वारेशमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइएको थियो।
सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चको उक्त आदेशका कारण स्वदेश फर्किएपछि उनीहरूमाथि तत्काल हुनसक्ने सम्भावित गिरफ्तारी भने रोकिएको छ।
जनकनन्दिनी गाउँपालिकामा काँग्रेसका सभापति बने अब्दुल मालिक शेख, सर्वसम्मत चयन
- २०८३ श्रावण २८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा काँग्रेसका गाउँपालिका सभापतिमा अब्दुल मालिक शेख चयन भएका छन् । नेपाली काँग्रेस पार्टीको जारी अधिवेशनबाट शनिबार भएको बैठकले उनलाई सर्वसहमतिले गाउँपालिका सभापतिमा चयन गरिएको
पूरा पढ्नुहोस्


