न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित जनकपुर न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले दुई जना विपन्न बिरामीको उपचारमा ११ लाख रुपैयाँभन्दा बढी बराबरको छुट दिएको छ ।
सडक दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका महोत्तरीको औरही नगरपालिका–५ श्रीपुरका २८ वर्षीय राजकुमार मुखिया र मस्तिष्कसम्बन्धी गम्भीर समस्याबाट पीडित धनुषाको सम्सी गाउँपालिका–३ बरेरिया लक्ष्मिनिया टोलकी ५५ वर्षीया अमिना खातुनको उपचारमा अस्पतालले ठूलो आर्थिक भार आफैंले व्यहोरेको हो ।
करिब १७ दिनअघि दुर्घटनामा परी गम्भीर घाइते भएका मुखियाको जनकपुर न्युरो अस्पतालमा विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गरिएको थियो । करिब ८ लाख रुपैयाँ बराबरको उपचार खर्च लागे पनि परिवारको कमजोर आर्थिक अवस्था बुझेर अस्पतालले औषधिबाहेक १ लाख ४९ हजार रुपैयाँ मात्र लिएर उनलाई डिस्चार्ज गरेको अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै, लडेर घाइते भएपछि मस्तिष्कसम्बन्धी गम्भीर समस्या देखिएकी खातुनको करिब एक महिनासम्म सघन उपचार गरिएको थियो । उनको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भए पनि अस्पतालले औषधिसहित ३ लाख ५० हजार रुपैयाँ मात्र लिएर डिस्चार्ज गरेको जनाएको छ ।
अस्पताल प्रशासन शाखाका मनोज कुमार राउतका अनुसार आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने मानवीय भावनाका आधारमा दुवै बिरामीलाई ठूलो रकम बराबरको छुट दिइएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विजय कुमार राउतले उपचार सेवा केवल व्यापार नभई मानवीय सेवासँग पनि जोडिएको बताउँदै आर्थिक अभावकै कारण कसैले उपचार नपाएर ज्यान गुमाउन नपरोस् भन्ने अस्पतालको उद्देश्य रहेको बताए ।
न्युरो तथा मस्तिष्कसम्बन्धी जटिल रोगको विशेषज्ञ उपचारका लागि मधेश प्रदेशमै पहिचान बनाउँदै गएको जनकपुर न्युरो हस्पिटलले आधुनिक उपचार सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
विपन्न बिरामीलाई उपचारमा सहुलियत र सहयोग प्रदान गर्दै आएको अस्पतालको यो पहलले आर्थिक रूपमा कमजोर परिवारका लागि गम्भीर स्वास्थ्य उपचारमा पहुँच सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ भदौ ३ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्


