महोत्तरीको बर्दिवास बिजलपुरामा भोली शनिबार निःशुल्क स्वास्थ्य शिविर हुँदै, फ्रीमा उपचार र औषधी दिइने

२०८३ भदौ ५ शुक्रबार
दिउसो ३:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १३ बिजलपुरामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

जनकपुरको न्यूरो हस्पिटलको आयोजनामा हुने एक दिने निःशुल्क स्वास्थ्य शिविरमा बर्दिवास वडा नं. १३ का आम नागरिकलाई लक्षित गरिएको जनाइएको छ । 

सो वडाका गरिब, विपन्न, दलितलाई लक्षित गर्दै गरिने निःशुल्क स्वास्थ्य शिविरमा जो कोही पनि सहभागी हुन पाउने बताईएको छ । 

शिविरमा नाक, कान, घाँटी, टाउको, सर्दी, बुखारसहित अन्य रोगहरुको चेकजाँच गरी औषधी समेत निःशुल्क उपलब्ध गराउने आयोजक न्यूरो हस्पिटलका सम्पर्क व्यक्ति मनोज कुमार राउतले जानकारी दिए । राउतका अनुसार, शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सँचालन हुनेछ । 

बिजलपुराको सेम नेपाल ईशाम नमुना विद्यालय भेरिहर टोलमा आयोजन गरिएको जनाइएको छ । सो विद्यालयको प्राँगनमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सँचालन हुनेछ । 

शिविरको क्रममा दक्ष तथा विशेषज्ञ डाक्टरहरुले बालबालिका, वृद्धवृद्धा, महिलासहित आम नागरिकलाई चेकजाँच गरी औषधी आवश्यक भए निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ । 

निःशुल्क स्वास्थ्य शिविरले बिजलपुरावासीलाई स्वास्थ्य सेवामा टेवा पुग्ने र लाभ हुने बताइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पवनभन्दा कम छैनन् पवनका चेला ब्रम्हदेव यादवः जनकपुरमा आलिशान महल, गाउँमा कठ्ठाको कठ्ठा जमिन खरिद

  • २०८३ भदौ ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गिद्धाबेलापटिट् स्कूलका साधारण निमावि शिक्षक ब्रम्हदेव यादव । नोकरी भएको केही बर्षमै कित्ताको कित्ता जग्गा जोडन भ्याएँ ।  गिद्धाबेलापट्टि स्कूलमा पवन मण्डल हेडमास्टर बनेपछि उनलाई लेखापालको

पूरा पढ्नुहोस्

Bureau Menus