जनकपुर प्रादेशिक अस्पतालमा एक बालकलाई दुई पटक अपरेशन, अवस्था जटिल बनेपछि बेवास्ताको आरोप

२०८३ भदौ ५ शुक्रबार
बिहान ०९:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दैनिक ज्यालादारीमा काम गर्ने रौतहटका अरुण प्रसाद पटेल अहिले भारी पीडामा परेका छन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं. २ शितलपुर बनिनियाँ बस्ने पटेलका १० बर्षिय छोरा शिवम पटेल अहिले प्रादेशिक अस्पतालको शैयामा पीडा भोगिरहेका छन् । 

गत साउन २७ गते प्रादेशिक अस्पतालमा हर्नियाको अपरेशन गराउन गएका शिवमलाई दुई पटक अपरेशन गरेपछि उनको अवस्था जटिल बन्दै गएको छ । उनको नाभी मुनी हर्निया भएकोले उपचारको क्रममा अपरेशन गर्दा गलत अपरेशन भएको आरोप अभिभावकको छ । 

एक पटक अपरेशन गर्दा उनको घाउ निरन्तरब बढदै गएपछि पुनः असपताल ल्याएको उनका बुवा अरुण प्रसाद पटेल बताउँछन् । उनले पुनः अस्पताल ल्याएपछि शिवमलाई फेरी अपरेशन गरिदिएको उनको आरोप छ । पहिलो पटकको अपरेशन सफल नभएपछि दोस्रो पटक अपरेशन गरेको आरोप उनको छ । दुई पटक अपरेशन गरेपनि सफल नहुँदा थप पीडा थपिएको उनले बताए । 

शिवम्को घाउबा पीव बग्ने, पिसाब समेत बन्द भएपछि उनको अवस्था जटिल बन्दै गएको बताइएको छ । प्रादेशिक अस्पतालमा अमित राय नामक डाक्टरले उनको अपरेशन गरेको बताए । एक पटक उनले डा. अविनाश झाको समेत नाम लिए । यद्यपी, मेसु डा. जामुन प्रसाद सिँहले भने पुरै जीउ ज्यान लगाएर विरामीलाई निको पार्ने प्रयास भईरहेको दाबी गरे । 

यता, शिवमका बुवा अरुणले भने शिवमको् अवस्था बिग्रेपछि चिकित्सकहरु लापरवाही सुरु गरेको आरोप लगाएका छन् । कैयौँ पटक छोरालाई हेरिदिन आग्रह गरेपनि डाक्टरहरु बेवास्ता गरेको आरोप लगाएका छन् । 

दैनिक ज्यालादारीमा राजमिस्त्रीको काम गर्दै आएका अरुण अहिले बिच्चलीमा परेका छन् । छोराको हालात देखेपछि विगत ६ बर्षदेखि जनकपुरमै बस्दै आएका अरुण अहिले बिच्चलीमा परेका छन् । 

डा. जामुन प्रसाद सिँहले भने उनको उपचारको केही कमि नहुने प्रतिक्रिया दिएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८३ भदौ ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus