न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा विदेह नगरपालिकाका प्रत्यासी मेयर (पराजित) युवा नेता राजकिशोर रोहिता (यादव) नेपाली कम्युनिष्ट पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
धनुषाको विदेह नपा तिनकोरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अधिकारिक रुपमा उनले रास्वपा (घण्टी) मा प्रवेश गरेका हुन् ।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वर्तमान मेयर बेचन दाससँग सानो मतान्तरले पराजित हुँदै आएका राजकिशोर रोहिता रास्वपामा प्रवेश गरेका हुन् ।
उनले पुराना पार्टीहरुले समाजमा लडाउने, समाजमा भाँडभैलो गरेर कुर्शीको राजनीति गरेको कारण आफू रास्वपामा आएको बताए । उनले जेनजी आन्दोलनपछि रास्वपाले भ्रष्टाचारविरुद्ध कार्यहरु गरेपछि आफू रास्वपमा गएको बताएका छन् ।
विदेह नगरपालिकामा २०८४ को स्थानीय तह चुनावमा उनले रास्वपाबाट मेयरको लागि टिकट पाउने, नपाउने विषयमा उनले खुलाएनन् ।
विदेह नगरपालिकामा मेयर बेचन दासले आफ्ना छोरा रामभजन दासलाई मेयरको चुनावमा उठाउने तयारी गरिरहेका छन् । विदेहमा दलित, अल्पसँख्यक, सीमान्तकृतको जनसँख्या अधिक रहेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८३ भदौ ५ शुक्रबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्



.png)


.png)



