न्यूज ब्यूरो, भारत । महँगो मोबाइल फोन किन्ने जिद्दी र त्यसको किस्ता तिर्ने विषयमा भएको पारिवारिक विवादले भारतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
महाराष्ट्रको छत्रपति संभाजीनगरस्थित तिसगाउँ क्षेत्रमा शुक्रबार भएको घटनामा १८ वर्षीय कुणाल चाण्डवडे, उनका ४८ वर्षीय बुवा मुरलीधर र आमा संगीता चाण्डवडेको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार कुणालले आईफोन किनेका थिए । तर, त्यसको मासिक किस्ता तिर्न समस्या भएपछि उनले परिवारसँग रकम मागिरहेका थिए । यही विषयमा बुवासँग विवाद भएपछि उनी घरबाट निस्किएर तिसगाउँ नजिकैको खावड्या डोंगर पुगेका थिए ।
शुक्रबार बिहान करिब १० बजे पहाडको अग्लो भागमा पुगेका कुणालले आफूलाई त्यहाँबाट हाम फाल्ने चेतावनी दिएका थिए । उनलाई रोक्न परिवारका सदस्य, स्थानीय बासिन्दा, प्रहरी र दमकल टोली घटनास्थल पुगेका थिए ।
करिब तीन घण्टासम्म उनलाई सम्झाउने प्रयास गरिएको थियो । उनकी आमाले छोरालाई पटक–पटक फर्किन आग्रह गरेकी थिइन् । स्थानीय जनप्रतिनिधिले समेत उनलाई आईफोनको व्यवस्था गरिदिने प्रस्ताव राखेर सम्झाउने प्रयास गरेका थिए । तर, कुणाल आफ्नो निर्णयबाट पछि हटेनन् ।
दिउँसो करिब १ बजे उनका बुवा मुरलीधर छोरालाई समातेर सुरक्षित स्थानमा ल्याउने प्रयास गर्दै नजिक पुगे । त्यसै क्रममा कुणाल अचानक पहाडबाट खसे । छोरालाई बचाउन खोज्दा मुरलीधर पनि सँगै खसेर गम्भीर दुर्घटनामा परे ।
आफ्नो आँखाअगाडि श्रीमान् र छोरालाई खसेको देखेपछि आमा संगीता पनि केही समयपछि पहाडबाट हाम फालेकी थिइन् । घटनामा तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले तीनै जनाको शव कठिन भू–भागबाट निकालेर पोस्टमार्टमका लागि पठाएको छ । घटनाको वास्तविक क्रम र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले घटनालाई महँगो मोबाइलको चाहना, किस्ताको आर्थिक दबाब र पारिवारिक तनावबीचको भयावह परिणामका रूपमा प्रस्तुत गरेका छन् । एनडीटीभीले समेत घटनाले उपभोक्ता ऋण र महँगा विद्युतीय उपकरण खरिदका लागि सहज रूपमा उपलब्ध हुने किस्ता सुविधाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ ।
जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
- २०८३ भदौ ७ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख
पूरा पढ्नुहोस्

.png)
