होमवर्क नगरेको भन्दै शिक्षिकाले बालिकालाई हानिन एक थप्पड, तुरुन्तै ढलिन् बालिका

२०८३ भदौ ५ शुक्रबार
बिहान १०:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो ।  भारतको आन्ध्र प्रदेशस्थित विशाखापत्तनममा विद्यालयमा शिक्षिकाले कुटपिट गरेपछि पाँच वर्षीय विद्यार्थीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । गृहकार्य पूरा नगरेको भन्दै शिक्षिकाले बालकमाथि हातपात गरेको परिवारको आरोप छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक बालक टी. प्रणय तेज निजी विद्यालयमा यूकेजीमा अध्ययनरत थिए । बिहीबार बिहान कक्षामा गृहकार्य जाँच गर्ने क्रममा बालकले काम पूरा नगरेको पाइएपछि शिक्षिकाले उनलाई बोलाएर गाली गरेको र थप्पड हानेको बताइएको छ । 

विद्यालयको कक्षाकोठामा जडान गरिएको सीसीटीभीमा शिक्षिकाले बालकलाई गाली गरिरहेको, उनको कपडा मिलाउँदै गरेको र त्यसपछि थप्पड हानेको दृश्य देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थप्पडपछि केही क्षणमै बालक शिक्षिकाको काखमा ढलेको देखिन्छ ।

परिवारका अनुसार बालक त्यस दिन विद्यालय जानुअघि नै डराएका थिए । गृहकार्य पूरा नगरेकाले उनी विद्यालय जान अनिच्छुक भए पनि पछि आफैं विद्यालय गएका थिए । कक्षामा पुगेपछि घटना भएको र बालक ढलेपछि विद्यालयले उनलाई अस्पताल पुर्‍याएको बताइएको छ ।

बालकलाई सुरुमा निजी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि किङ जर्ज अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि बालकका अभिभावक र आफन्तले विद्यालय तथा अस्पताल परिसरमा भेला भएर दोषी शिक्षिका र विद्यालय व्यवस्थापनमाथि कडा कारबाहीको माग गरेका छन् । 

प्रहरीले घटनाबारे उजुरी लिएर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक रूपमा अस्वाभाविक तथा शंकास्पद मृत्युको प्रक्रियाअन्तर्गत अनुसन्धान भइरहेको र सीसीटीभी फुटेजसहित घटनासँग सम्बन्धित प्रमाणको अध्ययन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बालकको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने बताइएको छ । 

आन्ध्र प्रदेशका मानव संसाधन विकासमन्त्री नारा लोकेशले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन् । उनले विद्यालय व्यवस्थापनविरुद्ध समेत आवश्यक कदम चालिने र पीडित परिवारलाई सरकारका तर्फबाट सहयोग गरिने आश्वासन दिएका छन् । 

घटनाले विद्यालयमा बालबालिकामाथि हुने शारीरिक दण्ड र शिक्षकको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ । यद्यपि बालकको मृत्युको प्रत्यक्ष कारणबारे प्रहरीको अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले घटनालाई अनुसन्धानकै क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

दुई रात घनघोर जंगलमा हराएका अढाई बर्षिय सिवान सकुशल भेटिए, झाडीभित्रै जीवनसँग लडिरहेका थिए बालक

  • २०८३ भदौ ५ शुक्रबार

न्यूज ब्यूरो, नवलपरासी ।  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरमा दुई दिनदेखि हराइरहेका साढे २ वर्षका बालक सिवान तामाङ अन्ततः सकुशल फेला परेका छन् । घरबाट हराएको दुई रातपछि बिहीबार बिहान घनघोर

पूरा पढ्नुहोस्

Bureau Menus