सिरहामा ४ किलो मासुसहित दुई युवक पक्राउ, गाईगोरुको मासु जस्तै देखिएको प्रहरीको आशंका

२०८३ भदौ ५ शुक्रबार
रति ८:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरीले भारतबाट लुकाइछिपाई ल्याइएको आशंका गरिएको करिब ४ किलो काँचो मासुसहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार साँझ करिब ५ः५० बजे औरही गाउँपालिका–५ स्थित गागन खोलामा मनोजकुमार चौधरीको कमान्डमा खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका मोहतर र सोही टोलका मो. अकरोज रहेका छन् ।

उनीहरू सवार प्रदेश ०१–००४ प ९५०६ नम्बरको अपाचे मोटरसाइकलबाट अगाडिको खुट्टासहित गाईगोरुको मासुजस्तो देखिने करिब ४ किलो काँचो मासु बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद मासु भारतबाट लुकाइछिपाई नेपालतर्फ ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । बरामद मासु र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ भदौ ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus