आफ्नै ओछ्यानमा सुतिरहेका सिरहाका दुई बालकलाई सर्पले डँसे, उपचारका लागि आर्थिक सहयोगको अपिल

२०८३ भदौ ५ शुक्रबार
बिहान १०:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२, गम्हरियामा आफ्नै ओछ्यानमा सुतिरहेका दुई अबोध बालकलाई रातिको समयमा विषालु सर्पले टोकेपछि उनीहरूको अवस्था गम्भीर बनेको छ ।

सर्पको टोकाइबाट घाइते दुवै बालकको विराटनगरस्थित विराट नर्सिङ होममा सघन उपचार भइरहेको जनाइएको छ । उनीहरूलाई रातिको समयमा ओछ्यानमै सर्पले टोकेको बताइएको छ ।

बालकहरूको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारका लागि आवश्यक खर्च जुटाउन समस्या भइरहेको परिवारजनले बताएका छन् ।

यस कठिन परिस्थितिमा बालकहरूको जीवनरक्षाका लागि सहयोगी मन तथा मानवप्रेमी महानुभावहरूलाई यथाशक्य आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ ।

सानो सहयोगले समेत उपचाररत दुवै अबोध बालकको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने भएकाले इच्छुक व्यक्ति तथा संस्थालाई सहयोगका लागि परिवारले आग्रह गरेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः ग्यास व्यवसायी संघ धनुषाका अध्यक्षकै पसलमा छापामारी, १३१ ग्यास बरामद, कारवाहीको तयारी

  • २०८३ भदौ ५ शुक्रबार

 न्यूज ब्यूरो, जनकपुरधाम । ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सँचालन गर्दै आएको सागर ट्रेडर्सबाट भारी सँख्यामा ग्यास बरामद भएको छ ।  बजारमा ग्यसाको अभाव सृजना भएको बेला संघका अध्यक्ष

पूरा पढ्नुहोस्

Bureau Menus