न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर बिशेश्वर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलको एआईबाट एक तस्विर सृजित गरी समाजिक सँजालमा भाईरल गरिएको छ ।
समाजिक सँजाल फेसबुकमा सिद्धार्थ रोय रोय नामक फेक आईडीबाट सो तस्विर हालिएको हो । मेयर र उपमेयरबीच निर्वाचित भएदेखि नै राजनीतिक र बर्चश्वको लडाई चलिरहँदा कमला नगरपालिकाका एक युवकले उनको तस्विर एआईबाट बनाएर समाजिक सँजालमा भाइरल बनाएको हो । पालिकाकै एक जनाले मेयरलाई उपमेयरले चुम्बन गरिरहेको तस्विर एआईबाट बनाएर पोष्ट गरेको पाईएको छ ।
एआईबाट निर्मित तस्विरलाई विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले समेत सेयर गरिएको पाईएको छ । एआईबाट अश्लिल र असान्दर्भिक तस्विर बनाएर फेसबुकमा हालेको भन्दै मेयर यादवले मुद्दाको तयारी गरेका छन् ।
.png)
उनले लाखौँ विमति, विरोधाभाष भएपनि कसैको चरित्र हत्या गर्नु सानो गलती नभएको भन्दै साईबर क्राईमको मुद्दा हाल्ने तयारी गरेको जानकारी दिए । उनले कमला नगरपालिकाकै एक युवकको पहिचान भईसकेको तथा सबै प्रमाण जुटाईसकेको जानकारी दिए ।
उनले फेसबुकमा अपलोड भएपछि कसले अपलोड गरेको भनेर सबै प्रमाण जुटाएको दाबी गर्दै साईबर क्राईमको मुद्दा लगाउने बताए । उनले आफू जनप्रतिनीधि भएको कारण पनि हजारौँ गाली दिन सक्छ तर कुनै प्रतिनीधिसँग चरित्र हत्या नै हुने गरी तस्विर बनाएर डिप फेक गरेको भन्दै मुद्दाको तयारी गरेको बताए ।
कसले अपलोड गरेको सन्दर्भमा मेयर यादवले व्यक्तिको पहिचानसहित सबुत समेत फेला पारिसकेको बताए । उनले नाम खुलाउन चाहेनन् ।
यस सन्दर्भमा कमला नगरपालिकाकी उपमेयर शिलादेवी मण्डलले समेत ईलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिएकी हुन् । उनले प्रहरीलाई २४ घण्टाभित्र यस्ता व्यक्तिलाई पक्राउ गर्न आग्रह समेत गरेकी हुन् ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ भदौ ५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्

.png)





.png)