मृतक बालिका गरिमा चौधरीको परिवारलाई राहत र रोजगारीको सिफारिससहित ५ बुँदे सहमति, आन्दोलन स्थगित

२०८३ भदौ ५ शुक्रबार
बिहान १०:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चर्किएको आन्दोलन पीडित परिवारलाई उचित राहत र रोजगारीको व्यवस्था गर्न पहल गर्ने सहमतिपछि तत्कालका लागि स्थगित भएको छ ।

पीडित परिवार र प्रशासनबीच पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको लामो छलफलपछि पाँच बुँदे सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको समेत सहभागितामा नेपाल सरकारको गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गर्ने उल्लेख छ ।

गरिमा चौधरीको परिवारलाई राहत र रोजगारी उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएपछि आन्दोलनरत पक्षले आफ्ना विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।

त्यस्तै, घटनाको अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए उनीहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्ने सहमति भएको छ ।

जिल्लाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो सुरक्षा वातावरण प्रदान गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति पनि भएको छ ।

इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत पूरा भएको जनाइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्ताबाट पाँच बुँदे सहमति भएको पुष्टि गर्दै सहमतिअनुसार माग सम्बोधन हुने सुनिश्चितता भएपछि आन्दोलन स्थगित गरिएको बताए ।

भाद्र २ गते भएको ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आफ्नै ओछ्यानमा सुतिरहेका सिरहाका दुई बालकलाई सर्पले डँसे, उपचारका लागि आर्थिक सहयोगको अपिल

  • २०८३ भदौ ५ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२, गम्हरियामा आफ्नै ओछ्यानमा सुतिरहेका दुई अबोध बालकलाई रातिको समयमा विषालु सर्पले टोकेपछि उनीहरूको अवस्था गम्भीर बनेको छ । सर्पको टोकाइबाट घाइते दुवै बालकको विराटनगरस्थित

पूरा पढ्नुहोस्

Bureau Menus