बर्दिवासको बिजलपुरामा जनकपुर न्यूरो हस्पिटलको शिविर, पौने ३ सय सर्वसाधारण लाभान्वित

२०८३ भदौ ७ आइतबार
बिहान ११:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर न्यूरो हस्पिटलको आयोजनामा बर्दिवासको बिजलपुरामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट पौने ३ सय सर्वसाधारण लाभान्वित बनेका छन् । 

बर्दिवास नपा १३ बिजलपुराको भेडियारी टोलमा आयोजन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७० जना बढी सर्वसाधारणहरुले सेवा लिएका हुन् । 

चर्को घाम र गर्मीमा अपेक्षाभन्दा कम सर्वसाधारण आएपनि पौने ३ सयले सेवा लिएको न्यूरो हस्पिटलका फोकल पर्सन एवम् आयोजक समेत रहेका मनोज कुमार राउतले जानकारी दिए । 

सोही गाउँका स्थायी बासिन्दा रहेका रहेका राउतले आफ्ना ग्रामवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । जनकपुर न्यूरो हस्पिटलका सर्जन डा. बिजय कुमार राउतको समेत आफ्नो पैतृक गाउँ रहेकोले सो गाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजन गरिएको बताए । 

शिविरमा सबभन्दा अधिक हाई सुगर (चिनी रोग), पेट दर्दको विरामीको सँख्या अधिक देखिएको डा. राउतले बताए । उनका अनुसार, गरिब, विपन्न, अल्पसँख्यकहरुलाई मध्यनजर गरी राखिएको स्वास्थ्य शिविरमा सबै वर्गले सेवा लिए । 

सोही क्रममा गर्मीको कारण कमजोरीसहित दाँत सम्बन्धी विरामी, अस्थमा फँगल ईन्फेक्सन, ग्यास्ट्रीक, टाउको दुखाईको समस्या, हाइपोटेन्सनका विरामीहरु देखिएको बताईएको छ । 

न्यूरो सर्जन डा. बिजय कुमार राउत नेतृत्वको चिकित्सक टोलीमा डा. बिभास मण्डल, डा. नुरी र डा. मनिष मण्डलले सेवा दिएका थिए । चिकित्सकको टोलीमा अस्पतालका कर्मचारीहरुमा अँजिला यादव, अर्चना कुमारी, काजल भगत, कृष्णा साह, मिथिलेश यादव, चन्द्रजीत सहनी लगायतका कर्मचारीहरुले सक्रिय सहयोग गरेका थिए । 

सो क्रममा विभिन्न विरामीहरुलाई तत्कालै चेकजाँच गरी निःशुल्क औषधी समेत वितरण गरेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए

  • २०८३ भदौ ७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,

पूरा पढ्नुहोस्

Bureau Menus