जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष साहले गरे रसुवा बाढीपीडितका लागि ८ लाख ५१ हजार सहयोग

२०८३ भदौ १७ बुधबार
बेलुकी ५:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बाढीका कारण रसुवालगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले साहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

साहले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको बताएका छन् ।

उनले रसुवा बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई समेत आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेका छन् ।

रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा भौतिक संरचना तथा निजी सम्पत्तिमा क्षति पुगेको छ भने ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । अहिले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम भइरहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८३ भदौ १७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus