सिरहा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीसहित अनेरास्ववियु मधेश प्रदेश, सिरहाको टोली रसुवातर्फ प्रस्थान गरेको छ ।
गोलबजार–चोहर्वाबाट युवा नेता सतिश चन्द्र सिंह र प्रदीप श्रेष्ठको नेतृत्वमा टोली प्रस्थान गरेको हो । टोलीसँग २२० थान ट्र्याकसुट, २२० थान त्रिपाल, सेनेटरी प्याड, मास्क तथा खाद्यान्नलगायतका सामग्री रहेका छन् ।
विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री लिएर टोली परिचालन गरिएको अनेरास्ववियु मधेश प्रदेश, सिरहाले जनाएको छ ।
“विपद्मा परेका नागरिकलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो। पीडितको दुःखमा हामी साथमा छौँ,” अनेरास्ववियुले जनाएको छ ।
वीरगँजको नारायणी अस्पतालबाट १ दिने बच्चा चोरी गरेको आरोपमा सबिना खातुन पक्राउ
- २०८३ भदौ १८ बिहीबार
न्यूज ब्यूरो, वीरगँज । वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ । शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि
पूरा पढ्नुहोस्



