जनकपुरबाट काठमान्डौँ जाँदै गरेको ईभी गाडी बाटोमै स्टेरिँल लक भएर पल्टियो, एक जना घाईते

२०८३ भदौ १८ बिहीबार
बेलुकी ७:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । जनकपुरबाट काठमान्डौँ गईरहेको ईभी (ईलेक्ट्रीक गाडी) बाटोमै पल्टिएको छ । 

आज बिहान करिब १०ः०० बजेको समयमा जनकपुरबाट काठमान्डौँ जाने क्रममा मकवानपुरको भैसे तृकण्डेश्वर महादेब मन्दिर नजिक दुर्घटना भएको सवारी धनी राजेश महतोले बताए । 

बागमति प्रदेश ०१–०३२ च १०६२ नम्बरको ईभी गाडीमा गत जेठ ८ गते मात्र खरिद गरिएको थियो । चाईना नाकाबाट आएको डायुन ऐहु एसआई मोडेलेको ईभी गाडी स्टेरिँग लक भएर अटोमेटिक पल्टिएको दाबी सवारी धनीको छ । 

काठमान्डौँ सानेपास्थित सिजी मोटरर्सबाट खरिद गरिएको सो गाडीमा खरिद गरिएदेखि नै समस्या भएको बताएपनि विक्रेताले कुनै ध्यान नदिएपछि दुर्घटना भएको महतोले बताए । उनका अनुसार, सवारी चालक जीतेन्द्र कुमार साह घाईते भएका छन् । 

सडकमा गुडिरहेको सो गाडीमा अचानक स्टेरिँक लक भएको उनले गुनासो गरेका छन् । यसअघिदेखि नै पटक पटक सो सवारीमा समस्या आएको र विक्रेतालाई बताएपनि चासो नलिएको आरोप उनको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%

एउटै ठाउँमा एक समुदायलाई बजेट, अर्कोलाई रोक ! गापा अध्यक्ष यादवले जातीय विभेद गरेको आरोप

  • २०८३ भदौ १८ बिहीबार

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–३ बन्चटोलवामा मन्दिर निर्माणको विषयले अहिले जातीय विभेददेखि सार्वजनिक जग्गाको प्रयोग र सरकारी बजेट विनियोजनसम्मका गम्भीर प्रश्न उठाएको छ । दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus