सडकमा प्रसुति यो सरकारलाई असफल बनाउने खेलः साँसद लामिछाने

२०८३ भदौ २६ शुक्रबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर एक महिलाले बच्चा जन्माएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले गम्भीर प्रश्न उठाएका छन् ।

सांसद लामिछानेले घटना अत्यन्त गम्भीर भएको बताउँदै यसबारे पर्याप्त प्रमाण र सूचना आफूले प्राप्त गरिनसकेको स्पष्ट पारे । उनले घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने भन्दै सरकारलाई असफल बनाउन कुनै व्यक्ति वा समूह प्रयोग भएको हुन सक्ने आशंकासमेत व्यक्त गरे ।

‘त्यो हुनु हुँदैन थियो । सबैभन्दा ठूलो गल्ती हो । यदि कहिलेकाहीँ फेरि सरकारलाई नै असफल बनाउन विभिन्न व्यक्तिहरू प्रयोग पनि हुनु हुँदैन,’ उनले भने, ‘सही सूचना आउनुपर्‍यो ।’

प्रसूति पीडामा रहेकी महिलालाई अस्पतालसम्म पुर्‍याउन राज्यले तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । सरकारी अस्पतालमा बेड उपलब्ध नभए निजी अस्पतालमा भए पनि तत्काल उद्धार गरेर उपचारको व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘सबैभन्दा पहिला त उहाँलाई सडकमा बच्चा जन्मने अवस्था आउनु हुँदैन थियो । राज्यले बोकेर लिएर गएर कुन अस्पताल हो, त्यो सरकारी अस्पताल नै होइन, प्राइभेटमा भए पनि बोकेर लिएर जानुपर्छ,’ लामिछानेले भने ।

प्रसूति सेवा पाउनु नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै उनले आर्थिक अवस्थाका आधारमा उपचारमा विभेद गर्न नहुने बताए ।

‘चाहे पैसा भएको होस्, चाहे नभएको होस् । यहाँ धनी र गरिबको कुरा छैन, प्रसव पीडा सबैलाई हुन्छ,’ उनले भने ।

सांसद लामिछानेले सरकारलाई असफल बनाउने कुनै रणनीति भइरहेको छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान आवश्यक रहेको बताए । यद्यपि, घटनाबारे आफूले पर्याप्त सूचना नपाएकाले निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ ।

‘यो सरकार पनि असफल भयो भने सबैभन्दा निकम्म र थर्ड क्लास तेस्रो देशको रूपमा हामी जाने अवस्था आउन सक्छ,’ उनले भने, ‘त्यसकारण हामी सबै मिलेर सही सूचना बाहिर ल्याउनुपर्छ।’

अस्पताल परिसरमै प्रसूति सेवा नपाएर महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनु स्वास्थ्य सेवा र राज्यको व्यवस्थापनमाथि गम्भीर प्रश्न भएको उनले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८३ भदौ २६ शुक्रबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus