न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन शाहले साहलाई रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री पदका लागि सिफारिस गरेका हुन् ।
साहको मन्त्री नियुक्तिसम्बन्धी सिफारिस पत्र राष्ट्रपति कार्यालय, शीतल निवास पुगिसकेको जनाइएको छ ।
यसअघि आजै गौरी यादवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको मन्त्री पद रिक्त भएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री साहको पद तथा गोपनीयताको शपथ केही बेरमा हुने कार्यक्रम रहेको छ । ५ बजे सपथ तोकिएको थियो ।
जनमत पार्टीमा हुँदा उनलाई डा. सिके राउतले विभिन्न आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको थियो ।
- २०८३ भदौ २५ बिहीबार






