न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा प्रहरीले स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
धनुषाको धनौजी गाउँपालिका–२ गोरदाहा देउरीस्थित भित्री सडकमा प्रहरीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ ३१ गते दिउँसो ३ः४५ बजे प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले शंका लागेर मोटरसाइकल चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भारतको मधुबनी जिल्ला खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको कमरमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
नगद बरामद भएपछि बयारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जनकपुरदेखि सिरहा, महोत्तरी, सर्लाहीसम्मको हुलाकी सडक खाली गर्न अल्टिमेटम, होला त खाली ?
- २०८३ भदौ ३१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले सडकको क्षेत्राधिकारभित्र बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सूचना जारी
पूरा पढ्नुहोस्


