नमाज पढदै गर्दा पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

२०८३ असोज २ शुक्रबार
बेलुकी ६:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाटमा शुक्रबारको नमाजका क्रममा मस्जिदमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।

घटना कोहाटको पुरानो प्रहरी लाइन्स परिसरमा रहेको मस्जिदमा भएको हो। प्रहरीका अनुसार विस्फोटक पदार्थले भरिएको एउटा सवारीसाधन मस्जिदको प्रवेशद्वारतर्फ ठोक्किएपछि विस्फोट भएको प्रारम्भिक जानकारी छ। विस्फोटपछि प्रहरी परिसरमा गोली हानाहानसमेत भएको थियो।

मृत्यु हुनेमा पाँच जना प्रहरी कर्मचारी र ११ जना सर्वसाधारण रहेको अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिदमा पुगेका व्यक्तिहरू रहेको जनाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

विस्फोटका कारण मस्जिद तथा प्रहरी कार्यालयको बाहिरी संरचनामा ठूलो क्षति पुगेको छ। घटनास्थलमा उद्धार टोली परिचालन गरी घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्‍याइएको छ।

प्रहरीका अनुसार आक्रमणका क्रममा कम्तीमा सात जना सशस्त्र आक्रमणकारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसक्रममा भएको गोली हानाहानमा आक्रमणकारीहरू मारिएको प्रहरीले जनाएको छ।

घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले औपचारिक रूपमा लिएको छैन। यद्यपि, खैबर पख्तुनख्वा क्षेत्रमा पछिल्लो समय बढिरहेको उग्रवादी हिंसाको पृष्ठभूमिमा सुरक्षा निकायले घटनाको अनुसन्धान अघि बढाएको छ। पाकिस्तानी तालिबान ९टीटीपी० ले भने घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ।

घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विस्फोटको निन्दा गर्दै घाइतेहरूको उद्धार तथा उपचारलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

कोहाट पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने जिल्ला हो, जुन अफगानिस्तानसँगको सीमाक्षेत्र नजिक पर्छ। पछिल्ला महिनाहरूमा यस क्षेत्रमा प्रहरी तथा सुरक्षा निकायलाई लक्षित गरी हिंसात्मक घटनाहरू बढेका छन्।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशको दुख बनेको १५ वर्ष पुरानो कमला पुल, अब अन्तिम चरणमा: मन्त्री लम्साल

  • २०८३ असोज २ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । १५ वर्षदेखि मधेशको विकास र यातायातको प्रमुख बाधक बनेको धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल लामो समयदेखि

पूरा पढ्नुहोस्

Bureau Menus