जनकनन्दिनी गाउँपालिकामा काँग्रेसका सभापति बने अब्दुल मालिक शेख, सर्वसम्मत चयन

२०८३ असोज ११ आइतबार
बिहान १०:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा काँग्रेसका गाउँपालिका सभापतिमा अब्दुल मालिक शेख चयन भएका छन् । 

नेपाली काँग्रेस पार्टीको जारी अधिवेशनबाट शनिबार भएको बैठकले उनलाई सर्वसहमतिले गाउँपालिका सभापतिमा चयन गरिएको हो । 

गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखका छोरा रहेका अब्दुल मालिक अहिले जनकनन्दिनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रहेका छन् । 

गाउँपालिका सभापतिमा चयन भएपछि उनले यसपाली गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा पनि चलेको छ । यद्यपी, नेपाली काँग्रेसमा जनकनन्दिनीको दिग्गज मानिएका सुदेश कुमार चौधरीलाई पुनः गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनाउने बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सामाजिक सञ्जालमा धमाधम बन्न थाले मेयर र वडाध्यक्ष, फेसबुकमै निर्वाचित !

  • २०८३ असोज ११ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । यदि फागुनमै हुन्छ भने अझै स्थानीय तहको निर्वाचन आउन अझै करिब ६ महिना बाँकी छ। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न त परै जाओस्, धेरै ठाउँमा दलहरूले

पूरा पढ्नुहोस्

Bureau Menus